नेपाली रक्तदाता सँघ युएईको अध्यक्षमा दहाल निर्बाचित

युएई । बैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका नेपाली रक्तदाताहरुले लोक प्रसाद दहालको अध्यक्षतामा नेपाली रक्तदाता सँघ युएई गठन गरेका छन् । शुक्रवार सम्पन्न भर्चुअल भेलाले दहालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा रमुना बस्नेत, सचिबमा भिमराज लामा र कोषाध्यक्षमा गोपिनी शाही चयन भएका छन् । सदस्यहरुमा बिपिन सापकोटा, राजेन्द्र फुयाँल, दिपक बस्नेत, दिपक बहादुर बिस्ट, राम हरी नेपाल, नबिन सोडारी, दिपक राउत, गोबिन थापा र सुनिता खड्का रहेका छन् । समितिले सहसचिब र मिडिया संयोजक पछि मनोनित गर्ने नवनिर्बाचित अध्यक्ष दहालले जानकारी दिए । अन्तराष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष अजय सत्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय उपाध्यक्ष बिनोद भट्टराई, सचिब राहुल रेग्मी र कोषाध्यक्ष उत्तम अधिकारीको उपस्थित रहेको थियो । त्यसैगरी कार्यक्रममा ग़ैर आवासीय नेपाली सँघ युएईका अध्यक्ष प्रकाश कोईराला र उपाध्यक्ष पाशांग शेर्पाको बिशेष आथित्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासँघका कार्यबाहक अध्यक्ष मेघराज सापकोटाको बिशेष उपस्थिति रहेको थियो । ग़ैर आवासीय नेपाली सँघका तर्फबाट उपाध्यक्ष शेर्पाले शुभकामना मन्तब्य राख्दै एनआरएन युएईले सदैब सहयोग र सल्लाह प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । अन्तराष्ट्रिय अध्यक्ष अजय सत्यालले बिश्वभरी छरिएर रहेका नेपाली रक्तदाताहरुलाई संगठित गर्दै नेपालको हीतमा संगठनले कार्य गरिरहेको जानकारी दिए । उपस्थित अन्य अथितिहरुले पनि नवनिर्बाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको संयोजन नवराज बस्नेतले गरेका थिए । अन्तराष्ट्रिय रक्तदाता सँघ सन २०१४ मा पहिलोपटक अमेरिकामा गठन भएको संस्था हो । २५ भन्दा बढी मुलुकहरुमा यसका शाखाहरु गठन भइसकेको छ । नेपाली रक्तदाता सँघ युएईले अन्तर्राष्ट्रिय रक्तदाता सँघको शाखाको रुपमा कार्य गर्नेछ ।