नेपाली रक्तदता संघ फ्रान्स को गठन ।

नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था अन्तरास्ट्रिय नेपाली रक्तदता संघ (International Nepalese Blood Donors Association - INBDA) ले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली रक्तदाताहरुलाई समन्वय गर्ने उदेश्यका साथ स्थापना भएको हो । यसले स्वयं रक्तदान, रक्तदान उत्प्रेरणा र सहयोग गर्ने कार्य स्थापना देखि गर्दै आइरहेको छ। अन्तरास्ट्रिय नेपाली रक्तदता संघले लिएको उद्देश्य प्राप्तिका निम्ति फ्रान्समा रक्तदान सम्बन्धि विविध कार्यक्रम संचालन गर्न संस्थाको आबस्यकतालाई मध्यनजर गरि अन्तरास्ट्रिय नेपाली रक्तदता संघ कै एक भगिनी संस्थाको रूपमा नेपाली रक्तदता संघ फ्रान्स रहने गरि १७ सेप्टेम्बर २०१९ मङ्गलबार का दिन अन्तरास्ट्रिय नेपाली रक्तदता संघ का केन्द्रिय सदस्य प्रशान्त उप्रेतिको उपस्थितिमा नेपाली रक्तदता संघ फ्रान्सको २१ सदस्यीय कार्यसमिति गठन भएको छ । नव गठित कार्यसमितिको अन्तराष्ट्रिय संयोजक फ्रान्स - राजु 'खप्तडी' बस्नेत, संरक्षक - प्रशान्त उप्रेति, अध्यक्ष - अनिस त्रिपाठी, उपाध्यक्षमा - अजय उप्रेति, शिवराम भण्डारी, अनिता बोछिभोया, महासचिव - सुमन हाङ राई, सचिव - आनन्द खनाल, कोषाध्यक्ष - सुजित पाण्डे, सह- कोषाध्यक्ष - सम्पुर्ण पाठक, प्रवक्ता - निरज कर्मचार्य, जनसम्पर्क संयोजक - उदय राज पाण्डे, महिला संयोजक - आशिका भण्डारी, युवा संयोजक - सोफिया थापा, महेश शर्मा, कार्यकारी सदस्यमा क्रमस - केशब राज भण्डारी, सन्तोष सापकोटा, कर्मा शेर्पा, निस्चल रिमाल, सन्दिपा गुरुङ, राज श्रिष मगर, सुजन बन्जारा रहेका छन । यो कार्यसमितिले अन्तरास्ट्रिय नेपाली रक्तदता संघ का अध्यक्ष अजय सत्यालको प्रमुख आतिथ्यमा २९ सेप्तेम्बेरमा रक्तदान सम्बन्धि उत्प्रेरणा कार्येकम अनि पदस्थापन सभा गर्ने जानकारी संरक्षक प्रशान्त उप्रेतिले दिनु भयो । प्रवासि नेपालीहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा बोल्दै संरक्षक उप्रेतिले नेपालमा हाल रहेको सोधभर्ना रक्तदान प्रबृत्तिलाई पुर्ण स्वयंमसेवि रक्तदानमा परिणत गर्दै प्रवास बाटै भए पनि नेपाललाई रगत अभाव मुक्त राष्ट्र बनाउने बृहत् उद्देश्य लिई स्वयंमसेवि रक्तदान अभियानमा समर्पित ब्यक्ती तथा संस्थाहरु संग एकबद्ध हुँदै फ्रान्समा प्रवासी नेपालीहरु बिच रक्तदान सम्बन्धि उत्प्रेरणा, बहस पैरवी लगायत बिशेषत: रक्तदान कार्यक्रम संचालनमा सहकार्य गर्ने उद्देश्य यस संस्थाले लिएको जानकारी गराउदै यस संस्थाले फ्रान्समा रक्तदान सम्बन्धी गर्ने कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।