आई.एन.बि.डि.य र एन.आर.एन बिच सम्झौता पत्रमा हस्ताक्षर

रक्तदान सम्बद्ध सामाजिक उद्देश्य बोकेर बिश्व का २३ भन्दा बढी देशहरुमा रक्तदान सम्बन्धि विविध कार्यक्रमहरु संचालन गर्दै आईरहेको अन्तराष्ट्रिय नेपाली रक्तदाता संघ तथा बिदेशमा बस्ने नेपालीहरु लाई एकजुट गराउने, नेपाल भित्र र बाहिर उनिहरुको हितलाई प्रवर्द्धन गर्ने उद्देश्य सहित स्थापना गरिएको गैर आवासिय नेपाली संघ बीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको तर्फबाट अध्यक्ष अजय सत्याल र गैरआवासिय नेपाली संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडिले हस्ताक्षर गरेका हुन् । गैर आवासिय नेपाली संघको बालुवाटार स्थित कार्यालयमा भएको सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको तर्फबाट सचिब राहुल रेग्मी र गैर आवासिय नेपाली संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडिले सम्झौता पत्र आदानप्रदान गरेका थिए । यस सम्झौता अनुरुप रक्तदाता केयर र रक्तदाता मान्यतामा ध्यान केन्द्रित गर्दै विश्वव्यापी रक्तदानको माध्यमबाट जीवन बचाउने कार्यको प्रवर्द्धनमा दुबै संस्थाले मिलेर बिश्व ब्यापी रुपमा काम गर्ने छ । यो सम्झौताले आगामी दिनमा नेपालमा पुर्ण स्वयंमसेवि रक्तदानमा परिणत गर्दै नेपाललाई रगत अभाव मुक्त राष्ट्र बनाउने र सो का लागी दुवै संस्था बीच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ ।