अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न ।

रक्तदान कार्यक्रममा सहभागि बनौ, रक्तदान गरौ, जिवन बचाऔ भन्ने नारा का साथ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदको आयोजना तथा नेपाली रक्तदाता संघको सहकार्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङणमा आयोजित बृहत रक्तदान कार्यक्रम भब्यता का साथ सम्पन्न भएको छ । बिहान १०:३० बजे देखी २:३० बजे सम्म संचालन गरिएको रक्तदान कार्यक्रममा रक्तदान अभियान्ता तथा सञ्चारकर्मी नेत्र बिक्रम बिमलीले १०१ औं पटक रक्तदान गरे भने कलाकार तथा नेपाल कि प्रथम महिला रेसलर भागवती खड्का "युनिका" समेत ४७ जनाले रक्तदान गरेको नेपाली रक्तदाता संघका अध्यक्ष राहुल रेग्मीले बताएका छन् । सोही अवसरमा नेपाली रक्तदाता संघ तथा फ्रेन्डसिप कम्युनिटी अस्पतालका तर्फबाट आयोजन गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा ५९ जनाले सेवा लिनु भएको थियो । बिहान ७:३० बाट भृकुटीमण्डप बाट शुरु भएको प्रभातफेरी, औपचारिक कार्यक्रम, युवा उद्यमी स्टल, इन्नोभेसन स्टल, रक्तदान कार्यक्रम, युथ डाइलग जस्ता थुप्रै कार्यक्रमहरु गरिएको थियो ।